punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ दिनप्रतिदिन रेकर्ड तोड्दै आकाशिदै

Chaupati
safha napa

काठमाडौं ,१८ साउन । सुनको भाउ दिनप्रतिदिन रेकर्ड तोड्दै आकाशिन थालेको छ । आज आइतबार सुनले प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा पुगेर अर्को रेकर्ड कायम गरेको छ।

शुक्रबार प्रतितोला ९९ हजार ३ सयमा कारोबार भएको सुन आज ३ सयले नै बढेर एतिहासिक रेकर्ड कायम गरेको हो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेको हो।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा देखिएको महासंघले जनाएको छ।


१८ साउन २०७७, आइतवार ०७:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु