punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डब्लूएचओले बोलायो कोरोनाबारे आपतकालीन बैठक

Chaupati
safha napa

काठमाडौं, साउन १८ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लेे कोरोना भाइरसको संक्रमणबारे आपतकालीन कमिटीको बैठक सम्पन्न गरेको छ ।

डब्लूएचओ कोरोनालाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि बैठक गरेको हो । बैठकपछि डब्लूएचओका प्रमुख डा। टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएका छन् ।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको हो ।

बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ । ‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको छ । जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ’, डब्लूएचओका प्रमुख डा। टेड्रोसले भने, ‘साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ ।’

तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।


१८ साउन २०७७, आइतवार ०३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु