यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमी अवस्था
काठमाडौं, साउन १८ । अहिले पनि देशभर वर्षा भैरहेको छ । मनसुनी वायुको प्रभाव रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरु बर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान :
साउन १८ गते (आइतबार)
दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका र एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र गण्डकी प्रदेश एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
साउन १९ गते (सोमबार)
दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
साउन २० गते (मंगलबार)
दिउँसोः देशभर आँशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
१८ साउन २०७७, आइतवार ०१:१७ बजे प्रकाशित































