punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुकुल ढकालले किन मागे रवि लामिछानेको राजीनामा?

Chaupati
safha napa
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा मागेका छन् । कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा ढकालले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा माग गरेका हुन् ।

मुकुलले भनेका छन्, ‘तपाईँले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नुपर्छ ।’ उनले सभापति लामिछानेबारे सहकारी प्रकरण र २ वटा पासपोर्ट प्रकरणको पनि कुरा उठाएका छन् । उनले लामिछाने गृहमन्त्री बन्दा सरुवा बढुवामा चलखेल गरेको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘पार्टी सभापति पदबाट राजीनामा दिई आफ्नो नैतिकतालाई थोरै भए पनि जोगाउन सुझाव दिन चाहन्छु ।’


३१ साउन २०८१, बिहीवार ११:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु