रहेनन् पाटन उच्च अदालतका न्यायाधीश रेग्मी
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको बुधवार राति उपचारको क्रममा निधन भएको छ । ६१ वर्षीया रेग्मीको मस्तिष्कको क्यान्सरका कारण निधन भएको छ ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचाररत रेग्मीको उपचारकै क्रममा निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले पुष्टि गरेका छन् ।
न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीश पदमा मा नियुक्त भएका थिए ।
रेग्मीको बिहीवार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ । न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनले बिहीवारका निर्धारित सबै काम–कारबाही स्थगित छ ।
३१ साउन २०८१, बिहीवार ११:४४ बजे प्रकाशित













