कन्चनपुरको बेलौरीमा महिलाको हत्या, श्रीमान घाइते
बेलौरी, साउन १७ । कन्चनपुरको बेलौरीमा एक महिलाको हत्या गरिएको छ । गएराती करिब १ बजेतिर बेलौरी नगरपालिका वडा नम्बर ७ भगतपुर बस्ने अन्दाजी ५५ वर्षीया बेलु खातीको हत्या गरिएको हो ।
रातीको समयमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए। मृतकका श्रीमान घनश्याम खाती घाइते रहेको प्रहरीले जनाएको छ ।
घाइते खातीको सेती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गर्ने तयारीमा रहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
१७ साउन २०७७, शनिवार ०३:४९ बजे प्रकाशित































