punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुर्चौडीको केन्द्र जोड्ने सडक चार दिनदेखि अवरुद्ध

Chaupati
safha napa

बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चार दिनदेखि अवरुद्ध भएको छ।

शनिबार रातिदेखि सो सडक पूर्णरूपमा अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुलाई समस्या भएको छ। स्थानीयलाई ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको छ।
ठण्डा पानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ।

सडक अवरुद्ध चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरू ढोल्यामोडबाट पैदल हिँड्न बाध्य छन् भने सबैभन्दा बढी समस्या बिरामीलाई भएको छ।

सडक सञ्चालन गर्न प्रयास गरे पनि खुलाउन समस्या भएको पुर्चौडी नगरपालिकाले जनाएको छ।

सडक खुलाउन दुई वटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चौडी नगरपालिकाका इञ्जिनियर अनिलसिंह बोहराले बताए।

तत्काल सडक सञ्चालन हुन नसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न नगरपालिकाको आग्रह छ ।


२९ साउन २०८१, मंगलवार २०:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु