मधेस सरकारका सबै राज्यमन्त्री फिर्ता

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारमा रहेका सबै राज्यमन्त्रीलाई फिर्ता बोलाउने भएका छन् । मुख्यमन्त्री सिंहले सरकारमा रहेका ८ जना राज्यमन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् ।

गत मंगलबार पाँचजना राज्यमन्त्रीलाई नियुक्त गरी २० सदस्यीय मन्त्रिपरिषद् गठन गरेसँगै चाैतर्फी विराेध भएकाे थियाे।

मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा गत जेठ २५ गते सपथ लिएका सिंहले सुरुमा १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री बनेकाे २ महिना नपुग्दै उनले नेपाली कांग्रेसबाट २, नेकपा एमाले, जनमत र लोकतान्त्रिक समाजवादीबाट एक-एक जनासहित ५ राज्यमन्त्री थपेर २० सदस्यीय मन्त्रिपरिषद बनाएसँगै चाैतर्फी विराेध भएकाे थियो ।


२९ साउन २०८१, मंगलवार १२:३१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु