punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टुकुचा छोपेर बनाइएको सडक भासियो, इन्स्पेक्टर बुढाथोकी घाइते

Chaupati
safha napa

काठमाडौँ महानगरपालिकाभित्रको सडकको भ्वाङमा परेर नेपाल प्रहरीका इन्स्पेक्टर घाइते भएका छन्। दरबारमार्ग-न्युप्लाजा जोड्ने सडक भासिएपछि त्यसको मार्किङ गर्न पुगेका एक दरबारमार्ग वृत्तका इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी भासिएको सडकको भ्वाङमा फसेर घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार, बिहीबार राति सडक भासिएको खबर प्राप्त भएपछि मार्किङ गर्न जाने क्रममा इन्स्पेक्टर बुढाथोकी घाइते भएका हुन्। उनको निधार र हातमा चोट लागेको अधिकारीले बताए।

इन्स्पेक्टर बुढाथोकीलाई वीर अस्पताल पुर्‍याएर उपचार गराइएको उनले बताए। ‘उहाँको घाउमा टाँका लगाएर अहिले डिस्चार्ज भइसकेको छ,’ अधिकारीले भने। टुकुचा पुरेर बनाइएको सडक भासिएको बताइएको छ। अहिले उक्त सडकखण्ड बन्द गरेर भ्वाङ टाल्ने काम भइरहेको महानगरले जनाएको छ।  अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ।


२५ साउन २०८१, शुक्रवार १२:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु