punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको अत्तरियामा किशोरीमाथी सामुहिक बलत्कार, एक जना पक्राउ

Chaupati
safha napa

कैलालीको अत्तरियामा एक किशोरी सामुहिक करणीको सिकार बनेकी छन्। गोदावरी नगरपालिका–३ घर भएकी किशोरी मध्यरातमा सामुहिक करणीको सिकार बनेकी हुन्।

जबरजस्ती करणी गरेको आरोपमा गोदावरी नगरपालिका–१० का पदम थापा भने पक्राउ परेका छन्। अन्य चार जना फरार रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। ‘घटनामा संलग्न मुख्य दाषी पक्राउ परिसकेका छन्।

ती घटनामा जोडिएका चार जना फरार छन्। उनीहरु सबै उमेर पुगेकै केटाहरु भएको खुलेको छ।’ साउन ९ गते राति गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरीलाई जंगलमा लगेर करणी गरेको भन्ने उजुरी पीडित पक्षबाट आएपछि मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। साउन १५ गते मुख्य आरोपी थापालाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।

थापाले फेसबुकमा फेक आइडी बनाएर लक्ष्मीसँग कुरा गर्दै आइरहेको खुलेको छ। परिचय लुकाएर कुरा गरिरहेका थापाले साउन ९ गते मध्यराति लक्ष्मीलाई घर बाहिर भेट्न बोलाएका थिए। लक्ष्मीलाई बाइकमा राखेर राति १२ बजे गोदावरी नगरपालिका–१० को मालाखेती जंगलमा पुगाएका थिए। थापाले सोही स्थानमा आफ्ना चार जना साथिहरुलाई समेत बोलाएका थिए।


२५ साउन २०८१, शुक्रवार १३:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु