punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रानाथारु बस्तीमा तीज पर्वको रौनक

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा तीजको रौनक सुरु भएको छ । भोलि श्रावण शुक्ल तृतीयाका दिन मनाउने तीजको एक दिन अगावैबाट यो समुदायमा पर्वको चहलपहल सुरु भएको हो । रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ । यो समुदायको तीज भोलि परेको छ ।

पर्वको अवसर पारेर रानाथारु गाउँमा सामनको डोलामा रमाउने कार्य भइरहेको रानाथारु समुदायका अगुवा नारायण रानाले बताउनुभयो । उहाँका अनुसार तीजको दिन महिला दिदीबहिनीहरु दिनभरि व्रत बस्ने र पूजाआजा गरेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका परिकार खाएर रमाउने चलन रहेको छ । तीजमा महिलाले सामूहिक रुपमा सामनको डोला (पिङ) खेलेर रमाउने चलन रहेको छ । यस क्रममा परम्परागत मौलिक गीत गाइने गरेको धनगढी गाउँका भलमन्सा भज्जी रानाले बताउनुभयो । कैलाली, कञ्चनपुरमा रानाथारु समुदायको बसोबास रहेको छ ।

यो समुदायका महिलाले अन्य समुदायका महिलाभन्दा अगाडि तीज पर्व धुमधामसंग मनाउने गरेका छन् । रानाथारु समुदायको तीजको अवसर पारेर धनगढी उपमहानगरपालिकाको कार्यालयले भोलि धनगढी नगरभरि स्थानीय सार्वजनिक बिदा दिएको छ ।

 


२२ साउन २०८१, मंगलवार १६:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु