punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काभा महिला भलिबल : इरानलाई हराउँदै नेपाल फाइनलमा, भारतसंग भिड्ने

Chaupati
safha napa

काठमाडौँ । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मङ्गलबार भएको खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो ।

नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको हो । नेपालले इरानविरुद्ध लिग चरणमा खेपेको हारको बदला समेत लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

फाइनलमा नेपालले बलियो भारतसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार भएको खेलमा भारतले श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले २५–१५, २५–१६, २५–२३ को जित निकालेको थियो ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो । फाइल खेल बुधबार हुनेछ ।


२२ साउन २०८१, मंगलवार १९:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु