बाढीमा बेपत्ता थप एक जनाको शव फेला
धनगढी, साउन १६ । कैलालीको भजनीमा बाढीमा बगेर बेपत्ता भएकामध्ये थप एक जनाको शव फेला परेको छ । शुक्रबार बिहान जिल्लाको भजनी गाउँपालिका ८ का ४० वर्षीय ईश्वर शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पथरिया नदी र गौरा खोलाको दोभानमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । सोही ठाउँबाट बेपत्ता भएका स्थानीय ११ वर्षीया स्केल चौधरीको शव बिहीबार फेला परेको थियो । नदीमा बगेका ३२ वर्षीय चक्र विकको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
१६ साउन २०७७, शुक्रवार ०८:२४ बजे प्रकाशित































