punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रकृतिले पनि झोपडीमै किन चटक देखाउँछ!? 

Chaupati
safha napa

गजल

✍️ तारा पल्लबी

आफुलाई मात्र देश र जनताको लायक देखाउँछ
अभिनय गर्छ एक कुशल शासक देखाउँछ

सारा दुष्कर्म, पाप लुकाउने प्रयासमा गर्दै
मन्दिर जान्छ,अगरबत्ती, दीपक देखाउँछ

ईतिहासमा कुनै नयाँ नाम थपिएन र अझै??
देखाउनेले सधैँ भृकुटी, सिता, जनक देखाउँछ

बग्यो ,लग्यो, सबै सकियो भन्छ पिता
बाँकि काखमा एक अबोध बालक देखाउँछ

हरेक साल आऊँछ,बगाउँछ ,डुबाउँछ यसरिनै
प्रकृतिले पनि झोपडीमै किन चटक देखाउँछ!?


१६ साउन २०७७, शुक्रवार १४:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु