punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरीले नै लुकाएको अवस्थामा एक किलो सुनजस्तो धातु भेटियो

Chaupati
safha napa

काठमाडौं,साउन १६।  काठमाडौंमा प्रहरी जवान प्रशन्न श्रेष्ठले लुकाएको अवस्थामा सुनजस्तो देखिने एक किलो धातु बरामद भएको छ ।

बरामद भएको धातु सुन हो वा होइन परीक्षणका क्रममा छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी सुशीलकुमार यादवले धातु भेटिएको तर सुन हो वा होइन यकिन नभएको बताए ।
मंगलबार बरामद भएको साढे १४ किलो नक्कली सुनको अनुसन्धानका क्रममा थप एककिलो धातु फेला परेको हो । श्रेष्ठ सादा पोसाकका प्रहरी हुन् ।

मंगलबार बरामद भएको भनिएको नक्कली सुन र हतियारबारेको सूचना बहादुरसिंह कडायत र प्रशन्न श्रेष्ठले नै महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपीलाई दिएका थिए ।


१६ साउन २०७७, शुक्रवार ०७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु