punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वप्रेमिका अंकिताको प्रश्न : सुशान्त डिप्रेशनमा थिएनन्, सधै खुशी हुनेले आत्महत्या कसरी गर्छ ?

Chaupati
safha napa

 

काठमाडौँ,साउन १६ । आत्महत्या गरेका बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको बारे उनकी पूर्व प्रेमिका अंकिता लोखंडेले आफ्मो मुख खोलेकी छन् ।
अंकिताले एक टेलिभिजन अन्तर्वार्तामा राखेका धारणाले सुशान्तको आत्महत्या प्रकरणलाई नयाँ मोडमा लागेको छ ।
अंकिताले स्पष्ट शब्दमा सुशान्त डिप्रेशनमा हुनै नसक्ने तर्क गरेकी छन् । सुशान्तसँग ६ बर्षसम्म रिलेसनसिपमा रहेकी अंकिताले अहिले सुशान्त डिप्रेशनमा रहेकाले आत्महत्या गरेको भन्ने कुराको सिधै खण्डन गरेकी छन् । साथै अंकिताले सुशान्तले आत्महत्या गर्नै नसक्ने दाबि गरेकी छन् ।
अंकिताले सुशान्तको बारेमा कैयौं खुलासा गर्दै उनी सधै खुशी रहने किसिमको मान्छे रहेको बताएकी छन् । उनले सुशान्त केहि कुरामा दुखि भएपनि डिप्रेशनमा भने जानै नसक्ने दाबि गरेकी छन् ।
उनले भनेकी छन्, ‘सुशान्त यस्ता मानिस थिए, जो आत्महत्या गर्ने खालका थिएनन् । जब हामी साथमा थियौं, हामीले कठिन परिस्थिति देखेका थियौं । उनी सधै खुशी हुने मानिस थिए ।

मैले उनलाई जति चिन्दछु, उनी डिप्रेस थिएनन् । उनले ५ बर्षको लागि आफ्नो क्यारियरको योजना बनाएका थिए । र पाँच बर्षपछि त्यो सबै हासिल गरेका थिए । उनी केहि विषयमा दुखि हुनसक्छन । रिसाउन सक्छन तर डिप्रेसन निकै ठुलो शब्द हो ।’

अंकितले सुशान्त सानो शहरबाट आएर आफ्नै बलबुतामा बलिवुडमा शिखरमा पुगेको बताउदै उनले आफुलाई अभिनय सिकाएको बताएकी छन् । अंकिताले अहिले मिडियामा सुशान्त डिप्रेसनमा थिए भनेर लेखेको देख्दा आफ्नो चित्त दुखेको बताएकी छन् ।

सुशान्त ससानो कुरामा खुशी हुने मानिस थिए भन्दै अंकिताले सुशान्तले आफ्नो क्यारियरको बारेमा केहि भएन भने शर्ट फिल्म बनाउछु, फार्मिंग (खेती) गर्छु भन्ने गरेको बताएकी छन् ।अंकिताले सुशान्त डिप्रेशनमा जानै नसक्ने भन्दै उनी एक हिरो थिए भनेकी छन्।

सुशान्तको आत्महत्या प्रकरणमा उनका पिता केके सिंहले प्रेमिका रिया चक्रवर्तीको विरुद्ध प्रहरीमा निवेदन दिएपछि यस प्रकरणले नयाँ मोड लिएको छ । रियालाई सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको, उनको पैसा हड्पेको, साथै जबर्जस्ती डिप्रेशनको औषधि खुवाएको आरोप लगाइएको छ । सुशान्तको बारेमा अंकिताको अभिव्यक्तिले पनि सुशान्तक पिताले दायर गरेको निवेदनमा उल्लेख भएका कुरालाई थप पुष्टि गर्ने देखिएको छ ।


१६ साउन २०७७, शुक्रवार ०७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु