साताको अन्तिम दिन पनि घटेन सुनको मूल्य, कति बढ्यो आज ?
धनगढी, साउन १६ । नेपाली बजारमा सुनको मूल्य साताको अन्तिम दिन पनि घटेन । आज पनि सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९९ हजार तीन सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज पनि घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँ घट्दै प्रतितोला एक हजार दुई सय रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
१६ साउन २०७७, शुक्रवार ०६:५१ बजे प्रकाशित































