भन्सार छलिका सामान बरामद
कैलाली । कैलालीको टीकापुर–९ ठोसेबजार स्थित भित्री सडक खण्डबाट प्रहरीले भन्सार छलि गरि ल्याएका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको प्रहरी टोलीले अन्दाजी ८८ हजार ५६० मूल्य बराबरको सामान बरामद गरेको जनाएको छ ।
आलु, फेस्ल स्ल्फेट जिङक र प्याजलगायतका सामानहरु बेवारिसे अवस्थामा बरामद गरेको कैलाली प्रहरीले जनाएको छ ।
६ साउन २०८१, आइतवार १७:३७ बजे प्रकाशित































