punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा साढे ६ हजार बढी घर डुबानमा, तीन हजार बढी मानिस विस्तापित (तस्बीरसहित)

Chaupati
safha napa

धनगढी, साउन १५ । मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण कैलालीका विभिन्न नदीमा आएको बाढीको सतह बढेपछि पूर्वी क्षेत्र डुबानमा परेको छ ।

जिल्लाको भजनी नगरपालीका, टिकापुर नगरपालीका, जोशिपुर गाउँपालीका, जानकी गाउँपालीका, बर्दगोरिया गाउँपालीका जलमग्न भएका छन् । बुधबार राति नदीको सतह केही घटेपनि विहीबार विहानै परेको पानीले फेरि डुबान पनि बढेको छ ।

ती क्षेत्र अझै पनि डुबानमै रहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्सेर जबराले जानकारी दिए । उनकाअनुसार ६ हजार पाँच सय २९ घर डुबानमा परेका छन् । बस्तीनै डुबानमा परेपछि तीन हजार २७ जना विस्तापित भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा राखिएको प्रहरी उपरीक्षक जबराले बताए ।

बाढी प्रभावित क्षेत्रमा स्थानीयको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय व्यक्तीहरु खटिएका छन् । अझै पनि समस्या आए सुरक्षित स्थान बस्न र थप समस्या भए नजिकको प्रहरी कार्यालय र १०० मा सम्पर्क गर्न कैलाली प्रहरीले आग्रह गरेको छ । फोन गरेर बाढीको बारेमा जानकारी दिएपनि उद्दारमा सहयोग पर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


१५ साउन २०७७, बिहीवार ०८:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु