punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्मला हत्याकाण्ड : तत्कालिन एसपी विष्टसहित आठ प्रहरीलाई सफाई

Chaupati
safha napa

काठमाडौं, साउन १५ । कञ्चनपुर जिल्ला अदालतले निर्मला बलत्कार तथा हत्या काण्डमा मुद्दा लागेका प्रहरी उपरीक्षकसहित आठ जना प्रहरीलाई सफाइ दिएको छ।

निर्मला हत्याकाण्डमा प्रहरीले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरवाही गरेको भनी एसपी डिल्लीराज बिष्ट सहित ८ प्रहरीबिरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो। दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कार गरी हत्या गरिएको थियो।

सो काण्डको छानविनमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज बिष्टलाई बर्खास्त गरिएको थियो भने केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसीसहित सात जना प्रहरीलाई निलम्बन गरिएको थियो। जिल्ला अदालतको यो फैसलासँगै अब उनीहरुलाई काममा फर्काइने प्रहरी स्रोतले जनाएको छ।


१५ साउन २०७७, बिहीवार १०:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु