punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य निरन्तर उकालो, कति पुग्यो आज तोलाको ?

Chaupati
safha napa

धनगढी, साउन १५ । सुनको मूल्य निरन्तर रुपमा उकालो लाग्दै आएको छ । आज पनि सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य निरन्तर बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । चाँदी आज पनि प्रतितोला १२ सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


१५ साउन २०७७, बिहीवार ०६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु