punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रगतले लत्पतिएको अवस्थामा युवतीको शव फेला

Chaupati
safha napa

अत्तरिया, साउन १३ । कैलालीको गोदावरी नगरपालिकामा मंगलबार एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर १० वलानीमा रहेको भागेश्वरी सामुदायिक वनमामा २२ वर्षीय लक्ष्मी साउँदको शव रगतले लतपतिएको अवस्थामा फेला परेको हो ।

शव घर भन्दा पाँच सय मिटर टाढा रहेका वनमा झाडीमा फालिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए । उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।

उनी दुई दिनदेखि परिवारको सम्पर्क नरहेको स्थानीयले बताएका छन् । उनलाई खोज्ने क्रममा मंगलबार उनको शव फेला परेको प्रहरी इन्चार्ज बिष्टले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१३ साउन २०७७, मंगलवार १३:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु