punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विषालु च्याउ खाँदा एकै परिवारका चार जनाको मृत्यु

Chaupati
safha napa

जाजरकोट, साउन १४ । जंगली च्याउ खाँदा जाजरकोटका चार जनाको मृत्यु भएको छ ।

साउन ९ गते टेकबहादुर चलाउनेको घरमा च्याउ खाएर बिरामी भएका उनीहरूको प्रदेश अस्पताल सुर्खेतस्थित कालागाउँमा मृत्यु भएको हो ।

कुशे गाउँपालिका–१ स्याँक्रीका टेकबहादुरकी छोरी १६ वर्षीया औसरा, १३ वर्षीया धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए ।

टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको भने सोमबार गाउँमै मृत्यु भएको थियो । योसँगै च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

२३ वर्षीय ललित चलाउने, १५ वर्षीया पशुपतिकुमारी चलाउने च्याउ खाएर बिरामी भएका छन् । सोही गाउँका ४९ वर्षीय टेकबहादुर चलाउने र ३८ वर्षीया कल्पना चलाउने पनि बिरामीका थिए । उनीहरुको उपचार भइरहेको छ ।


१४ साउन २०७७, बुधवार ०१:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु