विदेशी विनिमय दर : कति छ आज अमेरिकी डलरको मूल्य ?
काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ।
आज अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। हिजो पनि यही मूल्यमा खरिद बिक्री भएको थियो ।
तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ०६ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ७६ पैसा तोकिएको छ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

१३ साउन २०७७, मंगलवार ०२:०६ बजे प्रकाशित






























