punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१५ किलो चरेससहित ६ जना पक्राउ

Chaupati
safha napa

दाङ, साउन १३ । दाङमा प्रहरीले १५ किलो लागु औषध चरेससहित ६ जनालाई पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कस्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ वर्षीय आकाश बिक, २२ वर्षकै जितकुमार विक, थवाङ गाउँपालिका ५ का ४० वर्षीया कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का ४५ वर्षीया जुनु बुढा, सल्यान वनगाढ नगरपालिका १२ का २८ वर्षीय डिलबहादुर बिक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ४० वर्षीय सन्तोष गुरुङ रहेका छन्।

५ नम्बर प्रदेश प्रहरी व्युरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान र कारबाही प्रकृया सुरु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


१३ साउन २०७७, मंगलवार ०२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु