punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चाउचाउ र चुइगम देखाएर बालिकामाथि निरन्तर बलात्कार, दुई जना पक्राउ

Chaupati
safha napa

धनगढी, साउन ११ । डडेल्धुराको भागेश्वर गाउँपालिकामा एक सुस्त मनस्थितिकी बालिकालाई चाउचाउ र चुइगम देखाएर निरन्तर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ की १५ वर्षीय बालिकालाई चाउचाउ र चुइगम दिएर गत फागुनदेखि निरन्तर बलात्कार गरिएको खुलेको प्रहरीले जनाएको छ। उनलाई सोही ठाउँका नाता पर्ने दुई जनाले बलात्कार गरेको बालिकाले बताएकी छन्। दिउँसो गाईबाख्रा चलाउन गएको समयमा आरोपित दुवै जनाले कहिले चाउचाउ त कहिले चुईगम दिएर बलात्कार गर्ने गरेको बालिकाले बताइन् ।

बालिकाको महिनावारी रोकिएको र बालिकाको स्वास्थ्यमा समस्या देखापरेपछि स्वास्थ्य चेकजाँच गराउदा ४ महिनाको गर्भ रहेको जानकारी पाएको पिडित बालिकाकी आमाले बताइन्। नातामा आफन्त पर्ने दुवैले बलात्कार गरेको कुरा कसैलाई भने ज्यान मार्ने धम्की दिएकोले कसैलाई नभनेको पिडीत बलिकाले बताएकी छन् ।

आरोपित दुवै जना विरुद्ध साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाका आफ्न्तहरुले उजुरी दर्ता गराएका थिए। प्रहरीले आरोपितहरुमध्ये एक जनालाई सोही दिन र अर्कालाई शनिबार पक्राउ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक विरेन्द्रबहादुर बोहराले बताए। उनकाअनुसार बलात्कार आरोपी दुई जनामध्ये एक जना हजुरबवा र एक जना काका नाता पर्ने छन् ।


११ साउन २०७७, आइतवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु