punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यार्थी संगठन भन्छन् : परीक्षा सार्नुपर्छ, त्रिवि भन्छ : भदाैसम्म विद्यार्थी आइसक्छन्

Chaupati
safha napa

काठमाडौं साउन ११।   भदौ १ गतेबाट लामो दूरीको यातायात सञ्चालनमा आउने निर्णय गरेसँगै त्रिभुवन विश्वविद्यालयले भदाै ७ बाट स्थगित परीक्षा लिने निर्णय गरेकाे छ।

तर, यो निर्णयमा विद्यार्थी संगठनहरुले असन्तुष्टि व्यक्त गरेका छन्। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरोकारवाला पक्षसँग सल्लाह गरेर मात्रै परीक्षाको निर्णय लिन त्रिविलाई ध्यानाकर्षण गरेको छ। युनियनका सह–संयोजक रञ्जित तामाङले त्रिविले परीक्षा मिति सार्नुपर्ने बताए।

‘त्रिविले भदौ ७ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ,’उनले भने,‘कतिपय विद्यार्थी गाउँमै छन। उनीहरुको समस्या नबुझी त्रिविले निर्णय गर्‍यो। पुनर्विचार गरी सरोकारवाला निकायसँग छलफल गरेर मात्र परीक्षा मिति तोक्नुपर्छ। परीक्षा मिति जसरी भए पनि सार्नुपर्छ।’

विद्यार्थीको न्यूनतम तयारीको समय समेतलाई पटक्कै ख्याल नगरी सार्वजनिक गरिएको परीक्षा तालिका अव्यवहारिक र असान्दर्भिक रहेको उनको भनाइ छ। उनले भने, ‘हामीले त्रिविको परीक्षा सार्नेबारे बारम्बार त्रिविलाई ताकेता गरेका छौँ। त्रिवि पनि सकारात्मक देखिएको छ। जसरी भए पनि पुनर्विचार गरेर मात्र परीक्षा मिति तोक्नुपर्छ।’

उनले विद्यार्थीहरुको कोभिड १९ को निःशुल्क पिसिआर टेस्ट गर्न सरकारसँग माग राखे। नेकपासम्बद्ध विद्यार्थी संगठन
अनेरास्ववियू (अखिल)का केन्द्रीय सचिव सुदेश पराजुलीले पनि त्रिविले गरेको परीक्षा निर्णय गलत भएको भन्दै विश्वविद्यालयहरुले सरोकार पक्ष सँग सर्वपक्षीय बैठक गरेर मात्र परीक्षा तालिका वा कक्षा सञ्चालनको निर्णय लिन आग्रह गरे।

‘परीक्षा निर्णयमा विश्वविद्यालयले गम्भिर गल्ती गर्दैछ,’ उनले भने, ‘लामो दूरीको यातायात सञ्चालन भए पनि घर गएका विद्यार्थीहरु फर्किन समय लाग्छ। परीक्षा तयारीका लागि चाहिने मानसिक र व्यवहारिक तयारीको पक्षलाई  ध्यान नदिई परीक्षा छिटो गर्ने नाममा गरिएको हतारो बेठिक र गलत छ। हचुवाको भरमा नभई सरोकारवालासँग छलफल गरी निर्णय गरियोस।’

तर त्रिविका रजिस्ट्रार पेशल दाहालले परीक्षा सञ्चालन हुने समय सम्ममा गाउँमा भएका सबै विद्यार्थी काठमाडौं आइसक्ने बताउँछन।


११ साउन २०७७, आइतवार ११:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु