करेन्ट लागेर अत्तरियामा एक जनाको मृत्यु
अत्तरिया, साउन ११ । कैलालीको गोदावरी नगरपालिका–४ का ३० बर्षीय पुलसिंह कसेपको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार दिउँसो उनको आफ्नै वल्डिङ पसलमा काम गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी मालाखेतीले जनाएको छ ।
मालाखेती प्रहरीका इन्चार्ज प्रहरी नाउव उपरीक्षक ज्ञानबहादुर विष्टले करेन्ट लागेर घाईते भएका पुलसिंहको पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए । उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको लिएको डिएसपी विष्टले जानकारी दिए ।
११ साउन २०७७, आइतवार १३:२९ बजे प्रकाशित













