अमिताभले कोरोनाले मानसिक स्वास्थ्यमा पारेको असर  बारे अनुभव बताए

एजेन्सी, साउन ११ । कोरोना उपचार्थ बलिउड अभिनेता अमिताभ बच्चनले मानसिक स्वास्थ्यमा कोरोनाको असरबारे आफ्नो अनुभव सार्वजनिक गरेका छन् । पछिल्लो २ सातादेखि नानावती अस्पतालको आइसोलेशनमा रहेका उनले ब्लग लेख्दै २ साताको आइसोलेशनको अनुभव र यसले मानसिक स्वास्थ्यमा कस्तो असर गर्रभन्ने कुरा उल्लेख गरेका छन ।

उनले लेखेका छन्,“तपाईँको सेवा गरिरहेका डाक्टरहरु पनि तपाईँको नजिक आउँदैनन् । डाक्टर नर्स आए पनि पीपीई लगाएर आउँछन् । कोरोनाका बिरामीलाई हप्तौंसम्म पनि कोही भेट्न आउँदैनन् । रिमोट प्रयोगबाट उपचार गरेर यसको संक्रमितमा मानसिक असर गर्छ त ?”

मनोवैज्ञानिकका अनुसार संक्रमितहरु निको भएर बाहिर निस्केपछि समाजले आफूलाई फरक तरिकाले व्यवहार गर्छन् कि भनेर समाजमा जान डराउनेछन् ।संक्रमितमा देखिने यो डरलाई अमिताभले छुवाछुतको डर भनेका छन् । यो डरका कारण मानिसहरु एक्लोपनामा जाने पनि उनले उल्लेख गरेका छन् ।  नानावती अस्पतालमा अहिले अमिताभका साथै अभिषेक, ऐश्वर्या र आरध्या पनि आइसोलेशनमा छन् ।


११ साउन २०७७, आइतवार १०:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु