punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कंचनपुरका एक वडा अध्यक्ष कार्यालयमै कुटिए

Chaupati
safha napa

कञ्चनपुर , ११ साउन । कंचनपुरका एक पालिकाका वडा अध्यक्षमाथी कार्यालयमै कुटपिट भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष बहादुर सिंह महरालाई एक समूहले कुटपिट गरेको हो

आपसी विवाद हुदा आज विहान करिब ११ बजेतिर नेपाल तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा आएका युवाहरुले वडा कार्यालयमै उनलाइ कुटटिप गरेका हुन । उनीहरुले कार्यालय तोडफोड समेत गरेको अध्यक्ष महराले बताए ।

यता ठगुन्नाले शनिवार बेलुकी आफ्नो भाइलाई बीचबाटोमा रोकेर अध्यक्ष महराले विनाकारण कुटपिट गरेको नारद बताए । सोही बिषयमा बिहान छलफलका लागि वडामा जाँदा अध्यक्ष महराले नै आफुलाइ दुर्व्यवहार गर्दै डस्टर प्रहार गरेकोले हातपात गरेको बताए।

उक्त घटनाको इलाका प्रहरी कार्यालय झलारीले प्रहरी अनुसन्धान गरिरहेको छ ।


११ साउन २०७७, आइतवार ०८:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु