टिकटक बनाउनुस पैसा कमाउनुस
एजेन्सी । के तपाइ टिकटक बनाउनु हुन्छ यदि बनाउनु हुन्छ भने टिकटकमा भिडियो बनाएर पोष्ट गरे वापत अब तपाइले पैसा प्राप्त गर्नु हुनेछ । छोटो भिडियोका लागि चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्तालाई अब पैसा दिने भएको छ ।
टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । गत बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब रुपैयाँ९२० करोड डलर०को कोष बनाउन लागेको जनाएको हो ।
यो सुविधाले रचनात्मक कन्टेन्टमार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।
टिकटकको मापदन्ड अनुसार १८ बर्ष माथीका र आफूले नै तयार गरेका ओरिजिनल कन्टेन्टमा मात्र यस्तो रकम प्रयोग हुनेछ । आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कतिले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने अहिलेसम्म स्पष्ट भने पारिएको छैन ।
टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीले जनाएको छ।
हाल चीन र भारतबीचको सिमा विवादका कारण भारतले टिकटकमाथी प्रतिबन्ध लगाएको छ भने अमेरिकासँग बढ्दो दूरीका कारण त्यहाँ पनि प्रतिबन्धको सम्भावना उत्तिकै छ ।
यहिं सम्भावनालाई क्षीण बनाउन टिकटले हालैमात्र अमेरिकामा १० हजार रोजगारी सिर्जना गर्ने नयाँ योजना पनि सार्वजनिक गरेको छ । नेपाली प्रयोगकर्तामाझ पनि टिकट उत्तिकै लोकप्रिय छ ।
११ साउन २०७७, आइतवार ०८:१७ बजे प्रकाशित































