punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब कुुकुरले पत्ता लगाउने छ कोरोना संक्रमित व्यक्ति

Chaupati
safha napa

जर्मनीका अनुसन्धानकर्ताले कुकुरले सुंघेर कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन सक्ने बताएका छन् । स्निफर कुकुरलाई तालिम दिएपछि कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन सक्ने उनीहरुले दाबी गरेका छन्।

युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन हेनोभरका वैज्ञानिककोे अध्ययनले स्फिनर कुकुरलाई प्रशिक्षण दिएपछि उनीहरूले ठूलो दक्षतासाथ कोरोना संक्रमित व्यक्ति पहिचान गर्न सक्ने कुरा पत्ता लगाएको हो।

यस अध्ययनअन्तर्गत जर्मन आर्मीका ८ स्निफर कुकुरलाई एक हप्ता तालिम दिएपछि उनीहरू म्युकस र साल्भियामा आधारित कोरोना संक्रमित पत्ता लगाउन प्रभावरीका देखिएका थिए ।

पशु औषधि विभागका अध्यक्ष होल्गर भोल्कका अनुसार यो एउटा सुरुवाती अध्ययन थियो। अब यसको विस्तृत अध्ययन गरी निष्कर्षमा पुगिनेछ र कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन स्निफर कुकुर परिचान गरिनेछ। बीबीसी


११ साउन २०७७, आइतवार ०४:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु