punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोहना–अत्तरिया सडक : मोहना नदीमा पुल नबन्ने

दुई पुलको मात्र स्टमेट तयार, साउनभित्रै ठेक्कामा जाने

Chaupati
safha napa

अंकुश कुँवर
धनगढी,११ साउन । मोहना–अत्तरिया छ लेन सडक अन्तर्गत पर्ने तीनवटा पुलमध्ये मोहनामा निर्माण हुने भनिएको पुल नबन्ने भएको छ । भारतीय क्षेत्र गौरिफन्टामा ठूलो सडक नभएको र नेपालतर्फ पनि हुलाकी सडक सानो भएकाले पुल आवश्यक नभएको भन्दै मोहनामा पुल नबन्ने भएको हो ।

मोहना–अत्तरिया छ लेन सडक आयोजना धनगढीले तीनवटै पुलको डिजाइन विभागमा पठाएपनि दुईवटा पुलको मात्रै स्टमेट तयार भएको जनाएको छ । सडक आयोजनाका प्रमुख ईन्जिनियर होमबहादुर एसीले मोहनाको तत्काल पुल नबन्ने र गेटा क्षेत्रका मनहरा र सुनी खोलामा मात्रै पुल निर्माणका लागि स्टमेट तयार भएको बताए ।

उनले मोहनामा बनाउने भनिएको पुलको डिजाइन विभागमै विचाराधिन अवस्थामा रहेको बताए । उनकाअनुसार यसअघि विभागको टोली आएर मोहना क्षेत्रको अवलोकन गर्दा त्यहाँ तत्काल पुल आवश्यक नभएको बताएको थियो । ‘विभागको टोली आएर पनि मोहना क्षेत्रको निरीक्षण गर्दा तत्काल पुल थप्न आवश्यक नभएको भनेको छ,’ उनले भने, ‘भारतीय क्षेत्रमा पनि सानो बाटो र नेपालतर्फ पनि हुलाकी सडक मात्रै भएकाले टोलीले अहिले भएको पुलनै पर्याप्त भएको निक्र्यौल गरेर गएको छ ।’

उनकाअनुसार अहिले मोहना पारी रहेको हुलाकी सडक पनि दशगजा क्षेत्रमा रहेकाले त्यही ठाउँमा त्यो भन्दा बढी चौडाई हुने सम्भावना छैन । भारतले पनि दुधुवा नेशनल पार्क भएकाले अहिले नै सडक चौडाई पार्ने निश्चित भएको छैन । आयोजना प्रमुख ईन्जिनियर एसीकाअनुसार भारततर्फ र नेपालतर्फ ठूलो बाटो भएमात्रै मोहनामा अर्को पुल आवश्यक भएको भन्दै फर्किएको छ ।

विभागले स्टमेट तयार पारेको दुई वटा पुलको निर्माणका कार्य भने दशैंपछि हुने आयोजना प्रमुख एसीले बताए । ‘दुईवटा पुलको स्टमेट तयार भइसकेका छ,’ उनले भने, ‘यही साउनभित्रै ठेक्कामा दिन्छौं, दशैंतिहारपछि निर्माणको काम सुरु गर्छौं ।’ आयोजना प्रमुख एसीले भने, ‘यदि लकडाउन नभएको भए असारभित्रै ठेक्कामा गएर निर्माण कार्य पनि सुरु भइसक्थ्यो होला ।’ उनकाअनुसार पुलको स्टमेट लकडाउनको सुरुवातमै बनिसकेको थियो ।

मोहना–अत्तरिया सडकको निर्माण कार्य अहिलेसम्म ६५ प्रतिशत भन्दा बढी पूरा भएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख एसीकाअनुसार अहिले सडक पीच गर्ने काम भइरहेको छ । पीचको काम सकिएपछि फुटपाथ र पेन्टिङको काम पूरै बाँकी छ । चार महिना लामो लकडाउनका कारण काममा केही अवरोध भएका कारण अहिले पनि कामले तीब्रता पाएको छैन ।

आयोजजना प्रमुख एसीकाअनुसार लकडाउनमा पनि काम गरिएपनि सामग्री अभावमा भने रोकिएको थियो । जसले गर्दा तीन प्याकेजमा निर्माण भइरहेको सडकको काम पछिल्लो पटक थपिएको एक वर्षको म्यादमा पनि नसकिने भएको छ । यसअघि तीनवटै प्याकेजमा थप एक वर्षको समय थपिएको थियो ।

एक नम्बर प्याकेज अन्तर्गत मंसिर ६ गते र दुई र तीन नम्बर प्याकेजको माघ २५ गतेसम्मको निर्माण अवधि तोकिएको छ । तर, लकडाउनका कारण चार÷पाँच महिना पर सर्नसक्ने सडक आयोजना प्रमुख एसीले बताए । मोहना पुलदेखि धनगढीको ट्राफिक चोकसम्म पहिलो प्याकेज र ट्राफिक चोकदेखि अत्तरियासम्मको सडकलाई दोस्रो र तेस्रो प्याकेजमा राखेर निर्माण भइरहेको छ ।


११ साउन २०७७, आइतवार ०५:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु