punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बगाडामा विद्युत उद्घाटन गरेको दुई वर्षसम्म पनि बत्ती बलेन

Chaupati
safha napa

धनगढी । डोटीको पुर्बीचौकी गाउँपालिका वडा नम्बर ७ बगाडामा विद्युत उद्घाटन भएको दुई वर्ष पुग्दासम्म पनि बत्ती बल्न सकेको छैन ।

तत्कालीन सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले ट्रान्समिटर जोडेको ठाउँमै गाउँमा बत्ती पुगेको भन्दै उद्घाटन गरेका थिए । तर उद्घाटनको दुई वर्ष पुग्दासम्म पनि बत्ती बल्न नसकेपछि स्थानीयबासी आक्रोशित भएका छन् ।

गाउँमा विद्युत् नै नपुगी उद्घाटन गरी गाउँपालिकाले चर्चा बटुल्ने काम मात्र गर्यो, अहिलेसम्म बगाडाबासीले बत्ती बाल्न नपाएको स्थानीय बताउँछन् ।

उद्घाटन गर्न हतार गरेको गाउँपालिकाले दुई वर्षसम्म पनि सो क्षेत्रमा बत्ती नबाल्नु लाजमर्दो कुरा भएको स्थानीयको भनाइ छ ।

गाउँपालिकाले भने अब असार मसान्त भित्र बत्ती बाल्ने प्रयास भइरहेको बताएको छ ।

#पुर्वीचौकीगाउँपालिका


९ जेठ २०८१, बुधवार १९:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु