punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अर्थतन्त्रमा सुदूरपश्चिमको योगदान ७ प्रतिशत मात्रै, बागमतीको बढी

Chaupati
safha napa

काठमाडौं । नेपालको अर्थतन्त्रको आकारमा सबैभन्दा ठूलो योगदान बागमती प्रदेशको रहेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेशको रहने देखिएको हो ।

चालु आर्थिक वर्ष (आव) २०८०÷८१ मा नेपाली अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भई ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसमा बागमती प्रदेशले सबैभन्दा धेरै ३६.४ प्रतिशत ओगट्छ ।

दोस्रोमा कोशी प्रदेश छ । कोशीले अर्थतन्त्रमा १५.८ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि क्रमशः लुम्बिनी प्रदेशले १४.३ प्रतिशत, मधेश प्रदेशले १३.१ प्रतिशत, गण्डकी प्रदेशले ९.१ प्रतिशत, सुदूरपश्चिम प्रदेशले ७.१ प्रतिशत र कर्णाली प्रदेशले ४.३ प्रतिशत हिस्सा ओगटेको छ ।

तथ्यांक अनुसार बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७४ अर्ब रहेको छ । कोशीको ९ खर्ब ३ अर्ब, लुम्बिनीको ८ खर्ब १४ अर्ब, मधेशको ७ खर्ब ४८ अर्ब, गण्डकीको ५ खर्ब १७ अर्ब, सुदूरपश्चिमको ४ खर्ब ४ अर्ब र कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको रहेको देखिएको छ ।


९ जेठ २०८१, बुधवार १८:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु