punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सन्दिपलाई अमेरिकाले दिएन भिसा, विश्वकप खेल्न नपाउने !

Chaupati
safha napa

काठमाडौं । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिन अस्वीकार गरेको छ ।

सन्दीपले सामाजिक सञ्जालमार्फत अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका हुन् । उनले अमेरिकी दूताबासले सन २०१९ मा जे गरे अहिले पनि त्यही गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘अमेरिकी दूतावासले २०१९ मा जे गरे, त्यही गरे, उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा भइरहेको टी–२० विश्वकपको लागि मेरो भिसा अस्वीकार गर्यो। दुर्भाग्य। नेपाल क्रिकेटका सम्पुर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।’

उनलाई सन २०१९ मा सुरुमा भिसा दिन अस्वीकार गरेको भएपनि सामाजिक सञ्जालमा चिर्चा भएपछि दिउँसै बोलाएर भिसा दिएको थियो ।

अमेरिका र वेष्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकप खेल्नका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीपको भिसाका लागि प्रक्रिया सुरु गरेको थियो ।

 


९ जेठ २०८१, बुधवार १७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु