punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति

Chaupati
safha napa

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

मंगलबारदेखि लागु हुनेगरी सिरोहियालाई हिरासतमा राख्न अनुमति दिएको अदालतका तहसिलदार पुष्पराज तिमल्सिनाले जानकारी दिए ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो। नागरिकता सम्बन्धी कसुरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।


९ जेठ २०८१, बुधवार १६:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु