कर्णाली नदीमा नुहाउने क्रममा डुबेर एक पुरुष बेपत्ता
धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् ।
बिहीबार दिउँसो पौने १ बजेको समयमा कैलालीको मोहन्याल गाउँपालिका–७ बस्ने ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका
हुन् ।
उनी डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटिई खोजी कार्य सुरु गरेको जनाएको छ ।
२० वैशाख २०८१, बिहीवार १७:०४ बजे प्रकाशित































