सुनको मूल्य घट्यो, कति छ तोलाको ?
धनगढी । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुन आज तोलामा ११ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ३६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहँद्यै प्रतितोला एक हजार ६ सय ४५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
२१ वैशाख २०८१, शुक्रवार ११:०८ बजे प्रकाशित































