सुदूरपश्चिममा नाउपाकी टीका थापा मन्त्री बनिन्
धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सांसद टीका थापा मन्त्री नियुक्त भएकी छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले थापालाई कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्रीमा सिफारिस थापालाई प्रदेश प्रमुख नजिर मियाँले मन्त्री पद तथा गोपनीयताको सपथ पनि खुवाएका छन् ।
मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो । यससंगै सुदूरपश्चिम प्रदेश सरकार तीन सदस्यी बनेको छ ।
नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए ।
सत्तारुढ दल नेकपा एमाले र माओबादी केन्द्र भने सरकारमा सहभागी भएको छैन ।
१८ वैशाख २०८१, मंगलवार १४:०८ बजे प्रकाशित































