punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा नेताले कुटे कार्यालयमै ईन्जिनियर

Chaupati
safha napa

डोटी, साउन ९ । डोटीमा नेकपाका एक नेताले पूर्वीचौकी गाउँपालिकाका इन्जिनियरलाई कार्यालयमै कुटपिट गरेका छन्।

नेकपाका जिल्ला कार्यसमिति सदस्य तथा सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका ईन्जिनियर शंकरराज खनाललाई कार्यालयमै कुटपिट गरेका हुन्।

बिहीबार दिउँसो गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा गालीगलौच गर्दै नेता खड्काले हातपात गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्सर्ना गरेको छ।

सांसद कोषको रकमबाट छुट्टयाएको २० लाखको योजनाको विषयलाई लिएर हातपात भएको हो। उक्त खानेपानी योजनाको प्राविधिक मुल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको ईन्जिनियर शंकरराज खनालले बताए।

खानेपानी योजनाका अध्यक्ष खड्काले ५ लाख ७० हजार पेश्की लिएर काम सुरु गरेका थिए। प्राबिधिकले टिप्पणी उठाउँदा त्रुटि हुनगई मसान्तको अन्तमा १२ लाख भुक्तानी दिइएको थियो।


९ साउन २०७७, शुक्रवार ०२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु