punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा बन्यो देशकै नमुना महिला होल्डिङ्ग र आइसोलेशन

Chaupati
safha napa

धनगढी, साउन ८ । धनगढीमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु राख्नका लागि नमुना महिला होल्डिङ्ग र आइसोलेशन स्थापना गरिएको छ ।

धनगढी उप–महानगरपालिले बिहीबारदेखि वडा नं १ मा रहेको बि. पोलिटेक्नीकमा महिला होल्डिङ्ग र आइसोलेशन सञ्चालनमा ल्याएको हो ।होल्डिङ्ग र आइसोलेशनको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उद्घाटन गरेका हुन् । जसमा आइसोलेशन तर्फ १० वटा बेड रहेका छन् भने होल्डिङ्गका लागि १२ वटा बेड रहेका छन् ।

नगरप्रमुख वडका अनुसार सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट उपचार गर्न धनगढीमा आएका र अप्ठेरो अवस्थामा रहेका गर्भवती, सुत्केरीहरुलाई होल्डिङ्ग सेन्टरमा राखेर उपचार गरिने छ । त्यहाँ कुरुवा, केटाकेटीहरुका हेरचाह गर्ने ब्यक्तिलाई राख्ने ब्यवस्था पनि गरिएको छ । त्यसैगरी आइसोलेशन सेन्टरमा धनगढी उप–महानगरपालिका क्षेत्र भित्रका कोरोना संक्रमित, संक्रमित भएका तर लक्षण नदेखिएकाहरुलाई राखेर उपचार गरिने ब्यवस्था गरिएको नगरप्रमुख वडले बताए ।

धनगढी उपमहागनरपालिकाका प्रमुख नृपबहादुर वडले महिला होल्डिङ्ग आइसोलेशन सेन्टरमा चौबिसै घण्टा स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यवस्था पनि गरिएको बताए । उनले लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा बसेकी महिलामाथि यौन दुब्र्यवहार भएको घटना आएकाले पनि यहाँ महिला सुरक्षाकर्मीको ब्यवस्था गरिएको बताए ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढीमा स्थापना गरिएको महिला होल्डिङ्ग र आइसोलेशन देशकै नमुना भएको बताए । उनले भने, ‘यो प्रदेश अन्य प्रदेश भन्दा कोरोनाको बढी जोखिममा भएकाले पनि आइसोलेशन आवश्यक हो ।’

धनगढी उप–महानगरपालिकाले स्थापना गरेको महिला होल्डिङ्ग र आइसोलेशनमा धनगढीमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नीजि क्षेत्रको सहकार्य रहेको छ । धनगढी उप–महानगरपालिकाले यस अघि नै वडा नं १५ मा ५३ वेडको आइसोलेशन पनि संचालनमा ल्याइसकेको छ ।


८ साउन २०७७, बिहीवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु