punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवतीलाई शौचालयभित्र हत्या गरेर फरार अभियुक्त ९ वर्षपछि पक्राउ

Chaupati
safha napa

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस–५ घर भएका ४७ वर्षीय समरबहादुर सार्की ९ वर्षपछि पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।

म्याग्दी स्थायी घर भएकी २३ वर्षीया सुनमाया किसान (सार्की)लाई काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ


१७ वैशाख २०८१, सोमवार १६:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु