punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रीलङ्कामा मृत्युदरमा वृद्धि र जन्मदरमा गिरावट

Chaupati
safha napa
कोलम्बो । श्रीलङ्का रजिस्ट्रार जनरल विभागका एक वरिष्ठ अधिकारीले श्रीलङ्कामा सन् २०२० देखि वार्षिक जन्मदरमा उल्लेखनीय गिरावट आएको र वार्षिक मृत्युदर बढेको बताउनुभएको छ  ।
वरिष्ठ डेपुटी रजिस्ट्रार जनरल, महान्यायाधिवक्ता लक्षिका गणपोलाले सन् २०२० अघि वार्षिक जन्मदर तीन लाख २५ हजार रहेको तर हाल सन् २०२३ मा घटेर दुई लाख ८० हजार पुगेको जानकारी दिनुभयो ।
उहाँले वार्षिक मृत्यु बढेर एक लाख ८० हजार पुगेको बताउनुभयो । सन् २०२० अघि यो सङ्ख्या एक लाख ४० हजार थियो । यो प्रवृत्तिले श्रीलङ्काको जनसङ्ख्या वृद्धिमा प्रतिकूल असर पार्ने उहाँले बताउनुभयो ।

१७ वैशाख २०८१, सोमवार १६:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु