बझाङमा कडा प्रतिस्पर्धा, दमनले घटाए मतान्तर
काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचन अन्तर्गत भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले मतान्तर घटाएका छन् ।
पछिल्लो परिणाम अनुसार सिंहले ९ हजार १६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् । यी दुई उम्मेदवारबीच ८३ मतको मात्रै फरक छ ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५, एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ र राप्रपाका किशोर खड्काले २१८ मत ल्याएका छन् ।
यस क्षेत्रमा ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ ।
१७ वैशाख २०८१, सोमवार १०:२८ बजे प्रकाशित































