punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा कांग्रेस तेस्रोमा झर्यो, एमालेको अग्रता कायमै

Chaupati
safha napa

धनगढी । बझाङ–१ को प्रदेश सभा उपनिर्वाचन अन्तर्गत जारी मत गणनामा नेकपा (एमाले)का उम्मेदवार दमन भण्डारी दोब्बर मतले अघि बढिरहँदा दोस्रोमा रहेको काँग्रेस तेस्रोमा पुगेको छ ।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४, ५ र ६ वडामा मतगणना सकिँदा एमाले उम्मेदवार भण्डारीले एक हजार ५ सय ५ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका माओवादी केन्द्रमा उम्मेदवार जनक बुढाले ९ सय ९५ मत पाएका छन् ।

तेस्रो स्थानमा ओर्लिएमा कांग्रेसका उम्मेदवार अभिषेक सिंहले ९ सय १८ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५ सय ७७ मत पाएका छन् । राप्रपाका किशोर खड्काले २० मत पाएका छन् । ६७ मत बदर भएका छन्।


१६ वैशाख २०८१, आइतवार १८:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु