punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भोजपुरी अभिनेत्री पाण्डे मृत भेटिइन्

Chaupati
safha napa

काठमाडौं । भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन्। शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनी डिप्रेशनमा थिइन्। फिल्म निर्माता–निर्देशक चन्द्रमणिसँगको बैवाहिक सम्बन्धमा खटपट भएपछि उनी डिप्रेशनमा गएकी थिइन्।

उनी मृत भेटिएपछि स्थानीयले पुलिसलाई खबर गरेका थिए। पुलिसले गरेको सुरूवाती जाँच अनुसार उनले आत्महत्या गरेको खुलेको छ।

अमृताले मुम्बईमा फिल्म निर्माता चिन्तामणिसँग लिभ इन रिलेशनशिपमा बसेपछि कानुनी विवाह गरेकी थिइन्।


१६ वैशाख २०८१, आइतवार १७:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु