punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङ मतगणना : चार सय मत गणना गर्दा एमालेको अग्रता

Chaupati
safha napa
चैनपुर, वैशाख १६ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।
छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गर्नुभएको छ ।

१६ वैशाख २०८१, आइतवार १५:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु