इलाम-२ मा कांग्रेसलाई सुरुवाती अग्रता, पछ्याउदै सुहाङ
इलाम । इलाम (२) को मतगणनाको प्रारम्भिक नतिजा आएको छ ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् ।
खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको छ ।
१६ वैशाख २०८१, आइतवार १५:२२ बजे प्रकाशित































