सुनको मूल्यले राख्यो आज अर्को रेकर्ड, चाँदीको भाउ पनि उच्च
धनगढी, साउन ७ । नेपाली बजारमा आज सुनको मूल्यले अर्को रेकर्ड राखेको छ । चाँदा आज तोलामा एक हजार तीन सय रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।
सुन हिजो प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालमा पनि भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ । चाँदी आज तोलामा एकै दिन ९५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ३५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार ४० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
७ साउन २०७७, बुधवार ०५:५० बजे प्रकाशित































